आईसीसी महिला टीट्वेन्टी विश्वकप एसियाली छनोट : नेपाल तेस्रो स्थानमा

थाइल्यान्डमा सम्पन्न आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालले तेस्रो स्थान हात पारेको छ। तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालद्वारा हङकङ ३६ रनले पराजित भएको थियो।

नेरी प्लेयर अफ दी म्याच घोषित भइन्। राउन्ड रोबिनमा सुरुका २ खेल वर्षाका कारण रद्द भएपछि थाइल्यान्ड र हङकङसँग अंक बाँडेको नेपालले यूएईसँग ५ रनको हार व्यहोरेपछि छनोट सम्भावना कमजोर बनेको थियो। राउन्ड रोबिनका अन्य खेलमा नेपालले मलेसिया र चीनलाई भने हराएको थियो। यस प्रतियोगिताबाट थाइल्यान्ड र यूएई विश्वस्तरको छनोटमा पुगेका छन्। यूएईले पहिलो पटक महिला क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो।

प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक थाइल्यान्डले जितेको छ। सोमबार भएको फाइनलमा थाइल्यान्डद्वारा यूएई २२ रनले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *