वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : युएई विरुद्व खेल्ने नेपाली टोली घोषणा

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको २ खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ।

नेपाली टोली पर्सी बुधबार एतिहाड एअरवेजबाट युएई जानेछ। युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा प्राक्टिस म्याच समेत खेल्ने कार्यतालिका छ।

डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ।

नेपाली टोली :
पारस खड्का (कप्तान),
ज्ञानेन्द्र मल्ल,
शरद भेषवाकर,
वसन्त रेग्मी,
सोमपाल कामी,
शक्ति गौचन,
विनोद भण्डारी,
सागर पुन,
करण केसी,
दीपेन्द्रसिंह ऐरी,
सन्दीप लामिछाने,
ललितसिंह भण्डारी,
आरिफ शेख,
दिलिप नाथ

वैकल्पिक खेलाडी :
जितेन्द्र मुखिया,
कुशल भुर्तेल,
अनिल कुमार शाह,
सिद्दान्त लोहनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *