बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो,मेस्सीको गोलले मान्यता पाएन

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । आइतबार राति अवे मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो ।

Rodrigo put on a red wing that was given to him before falling to his knees in celebration at giving his side the lead

भ्यालेन्सियाका लागि खेलको ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे ।

Jordi Alba managed to rescue a point for Barcelona after he acrobatically fired home Lionel Messi's sensational through ball

खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले रोड्रिगोले गोल गर्नु अघि नै गोल गरेका थिए । तर रेफ्रीले मेस्सीको गोललाई मान्यता दिएनन् । मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए ।

Neto scrambled to save Messi's shot after spilling the ball but video replays clearly showed a goal should have been given

बराबरीपछि पनि शीर्ष स्थानको बार्सिलोनाको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ । बार्सिलोना तेस्रो र चौथो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ ।

Messi and team-mate Luis Suarez could not believe a goal had not been given and remonstrated with officials 

ला लिगा अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई ३–२ ले हरायो भने रियल सोसिडाड र लास पालमस तथा एथ्लेटिको बिल्बाओ र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Luis Suarez endured a frustrated evening leading the line and was unable to carve out any real goal scoring opportunities

Leave a Reply

Your email address will not be published.