अष्ट्रेलियाद्वारा इंग्लण्ड १० विकेटले पराजित

अष्ट्रेलिया र इग्लण्डबिचको एसेस टेष्ट श्रृंखलाको पहिलो खेल अष्ट्रेलिया विजय भएको छ। अष्ट्रेलियाको ब्रिसबेनमा सोमबार बिहान सम्पन्न खेलमा अष्ट्रेलियाद्वारा पाहुना टोली इंग्लण्ड १० विकेटले पराजित भएको हो।

जितको लागि अन्तिम तथा पाँचौ दिन ५६ रन मात्रै आवश्यक रहेको अष्ट्रेलियाले विना कुनै विकेटको नोक्सानीमा उक्त लक्ष्य पार गर्यो।

खेलको पहिलो ईनिङमा ३ सय २ रन जोडेको इंग्लण्ड दोस्रो ईनिङमा १ सय ९५ रनमै समेटिएपछि घरेलु टोलीले जितको लागि १ सय ६९ रनको सामान्य लक्ष्य पाएको थियो।

उक्त लक्ष्य पार गर्नेक्रममा अष्ट्रेलियाका सुरुवाती ब्याट्सम्यानहरु डेभिड वार्नरले अविजित ८७ रन तथा क्यामरुन ब्याङ्क्रफ्टले अविजित ८२ रन जोडे।

जितसँगै अष्ट्रेलियाले ५ टेष्टको एतिहासिक एसेस श्रृंखलामा १-० को अग्रता लिएको छ।

श्रृंखलाको दोस्रो टेष्ट म्याच आगामि शनिवार एडलेडमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *