नेपालद्वारा चीन ५० रनले पराजित

आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालद्वारा चीन ५० रनले पराजित भएको छ।

१०३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी हुन सफल भएको हो। नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन्।

थाइल्याण्डको बैंककमा पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आजको जितसँगै नेपालको ६ अंक भएको छ।

नेपालले आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ। नेपालले आइतबार चीनलाई हराए पनि युएईले मलेसियालाई ३४ रनले हराएपछि ग्लोबल छनोट खेल्ने नेपालको सम्भावना सकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *