लियोनल मेस्सीद्वारा स्पानिस जायन्ट बार्सिलोनासँग सम्झौता नविकरण

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले स्पानिस जायन्ट बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन्। सम्झौतापछि अब मेसी २०२०-२१ को सिजनसम्म बार्सिलोनामै रहने छन्।

यसै सिजनको अन्त्यसम्म मात्र सम्झौता रहेको मेसीसँग गत जुनमै बार्सिलोनाले सम्झौता गर्ने भनिएपनि त्यो सम्भव भएको थिएन।

Messi will extend his stay at Barcelona until the 2021 season after penning the new contract

सम्झौता थप भएपछि मेसीले अझै चार वर्ष बार्सिलोनाका लागि खेल्नेछन्।

सन् २००० मा १३ वर्षकै उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना पुगेका मेसीले क्लबमा रहदा धेरै रेकर्ड तोडिसकेका छन्।

लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन्। मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *