इभर्टन अटलान्टासंग ५-१ ले पराजय

इंग्लिस क्लब इभर्टन युरोपा लिग फुटबलमा पराजित भएको छ। बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इभर्टनलाई ५-१ ले हराएको हो।

अटलान्टाका लागि खेलको १२ औँ मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा ब्रायनले नै गोल गर्दै अटलान्टाको अग्रता दोब्बर पारेका थिए । ७१ औँ मिनेटमा इभर्टनका लागि रामिरेजले गोल गरे ।

अटलान्टाका लागि ८६ औँ मिनेटमा गोसेन्स, ८८ औँ मिनेटमा र इन्जुरी समयमा क्रोर्नेलिअसले गोल गर्दै ५-१ को जित दिलाए ।

समूह ‘इ’ मा रहेको इभर्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । इभर्टनले पाँच खेलमा एउटा पनि जित्न सकेको छैन ।

समूह ‘इ’ कै शीर्षमा रहेको अटलान्टाले भने कुनै पनि खेल हारेको छैन । तीन खेलमा जित र दुई खेलमा बराबरी गरेर ११ अंक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *