आइसीसी महिला क्रिकेटमा नेपालद्वारा मलेसिया ३३ रनले परजित

थाइल्यान्डमा जारी आइसीसी टि-२० एसिया क्षेत्रको छनोटमा नेपाली महिला टोलीले पहिलो जित हात पारेको छ । नेपाली टोलीले आज (शुक्रबार) मलेसियालाई ३३ रनले पराजित गरेको हो ।

१ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । मलिसियाका लागि एमेलिया एलियानीले सर्वाधिक २४ जोडेकी थिइन् । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय सिता मगर (३७) र ज्योति पाण्डे (२१) ले राम्रो सुरुवात गरेका थिए । काजल श्रेष्ठले १४ रन बनाउँदा अन्य खेलाडिले भने दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको ४ खेलबाट ४ अंक भएको छ । गएको बिहीबार नेपाल युएईसँग पाँच रनले पराजित भएको थियो । यस्तै गएको मंगलबार हङकङसँग र पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पानी परेका कारण बराबरी भएर अंक बाँडेको थियो । प्रतियोगिताका शीर्ष २ टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *