बाल सृजनालय र दुर्गा मावी कोकाकोला अन्तरस्कुल फुटबल च्याम्पियन

कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगितामा छात्रतर्फ बाल सृजनालय र छात्रातर्फ श्री दुर्गा सेकेण्डरी स्कुल च्याम्पियन बनेका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको छात्रतर्फको फाइनलमा काठमाडौंको बाल सृजनालयले सर्लाहीको एभरेष्ट सेकेण्डरी स्कुललाई १-० ले हराउँदै उपाधि जित्यो। बाल सृजनालयका लागि एक मात्र निर्णायक गोल प्रतिक आले मगरले गरे।

यस्तै छात्रातर्फको फाइनलमा रौताहटको दुर्गा सेकेण्डरीले स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुललाई ७-० को फराकिलो अन्तरले पराजित गर्‍यो।

दुर्गा स्कुललका लागि निकिता थोकरले ४, रश्मी कुमारी घिसिङले २ तथा दिलकुमार आले मगरले १ गोल गरिन्।

यस्तै छात्रातर्फ सेती कुमारी सारदालाई २-० ले हराउँदै श्री शंकर सरस्वतीले तेस्रो स्थान हात पार्‍यो।

छात्रतर्फ व्यक्तिगत उत्कृष्ट

गोलकिपर : सुरेश लामा (बाल सृजनालय)

डिफेण्डर : आकाश श्रेष्ठ (एभरेष्ट)

मिडफिल्डर : एन्जिल लामा (बाल सृजनालय)

फरवार्ड : एन्जल भण्डारी (भानुभक्त मेमोरियल)

कोच : अमर शेर्पा (बाल सृजनालय)

फिएर प्ले  : स्कोलार होम्स इंगलिस बोर्डिङ स्कुल

 

छात्रातर्फ व्यक्तिगत उत्कृष्ट

गोलकिपर : सावित्री किसान (भुम्रे)

डिफेण्डर : सुरक्षा सिंह (श्री शंकर सरस्वती अन्नपूर्ण)

मिडफिल्डर : प्रीती राई (सेती देवी सारदा)

फरवार्ड : निकिता थोकर (श्री दुर्गा)

कोच : नुर राज काफ्ले (श्री दुर्गा)

फिएर प्ले  : श्री शंकर सरस्वती अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *