चेल्सी ४–० गोलले विजयी, अन्तिम १६ मा प्रवेश

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति समूह ‘सी’ अन्तर्गत भएको खेलमा चेल्सीले एफके क्वाराबागलाई ४–० ले हराएको हो ।

Eden Hazard set Chelsea off on the right foot when he slotted home a first-half penalty to give the English side the lead

चेल्सीको जितमा विलियनले दुई, इडन हजार्ड र सेस फाब्रिगासले एक एक गोल गरे। चेल्सीका लागि २१ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इडन हजार्डले सुरुवाति अग्रता दिलाए । विलियनले ३६ औं मिनेटमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लियो ।

Willian looked delighted as he helped Chelsea confirm their place in the knockout stages of this season's Champions League

७३ औं मिनेटमा सेस फाब्रिगासले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता ३–० मा पुर्‍याए । ८५ औं मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

Cesc Fabregas added a third goal for the Premier League champions, netting from the penalty spot with 15 minutes remaining

१९ औं मिनेटमा साडिक्ओव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्वाराबाग १० खेलाडीमा सीमित भयो ।

The penalty was given for a foul by Qarabag captain Rashad Sadygov, which the referee felt was worthy of a red card

यहि समूह अन्तर्गत राति नै भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले १० खेलाडीमा सीमित भएको इटालियन क्लब रोमालाई २–० ले हरायो । एथ्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र केविन गामेइरोले गोल गरे ।

डा सिल्भा पेरेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रोमा १० खेलाडीमा सीमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *