म्यानचेस्टर सिटीसंग फेयीनुर्ड १–० ले पराजित, लिभरपुल सेभिल्लासँग बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी समूह ‘एफ’ को विजेता बनेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले फेयीनुर्डलाई १–० ले हराएको हो ।

Raheem Sterling celebrates after scoring the winner against Feyenoord for City's fifth win in five Champions League games

म्यानचेस्टर सिटीको जितमा रहिम स्ट्रर्लिङले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो ।

राति नै भएको खेलमा नापोलीसँग ३–० ले पराजित भए पनि शाख्तर डोनेस्क समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

Wissam Ben Yedder snatched one back for the hosts with a near post flicked header from Ever Banega's whipped free kick

त्यस्तै राति नै समूह ‘इ’ अन्तर्गत भएको खेलमा लिभरपुल सेभिल्लासँग ३–३ को बराबरीमा रोकिए पनि समूह विजेता बन्न भने सफल भयो । लिभरपुलका लागि रोबर्टो फिरमिनोले दुई तथा साडिओ मानेले एक गोल गरे । यस्तै सेभिल्लाका लागि बेन यड्डरले दुई तथा पिजार्रोले एक गोल गरे । ९ अंकसहित लिभरपुल समूह विजेता तथा ८ अंकसहित सेभिल्ला समूह उपविजेता बनेका हुन् ।

Liverpool took the lead in Sevilla after just 88 seconds when Roberto Firmino scored following a simple corner routine

यस्तै समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा १–१ को बराबरी खेलेका बेसिक्टास र एफसी पोर्टो पनि अन्तिम १६ मा पुगेका छन् । बेसिक्टास समूह विजेता तथा एफसी पोर्टो समूह उपविजेता बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *