आइसीसी महिला क्रिकेटमा नेपाल र हङकङ भिड्दै

आइसीसी महिला विश्व टी–२० एसिया छनोटको दोस्रो खेलमा आज (मंगलबार) नेपाल र हङकङ भिड्दैछन् ।

यसअघि भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य भएको थियो ।

सोमबार भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्‍यो ।

एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।राउन्ड रोविनको आधारमा हुने लिगको शीर्ष २ टोली नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिने छन् । छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली महिला क्रिकेट टोली

  • रुबिना क्षेत्री (कप्तान),
  • सीता रानामगर (उप कप्तान),
  • ज्योति पाण्डे,
  • सरिता मगर,
  • नेरी थापा,
  • रोमा थापा,
  • इन्दु बर्मा,
  • करुणा भण्डारी,
  • सोनु खड्का,
  • लक्ष्मी चौधरी,
  • रितु कनोजिया,
  • संगीता राई,
  • काजोल श्रेष्ठ,
  • सवनम राई

Leave a Reply

Your email address will not be published.