भ्यालेन्सियाद्वारा स्पानियोल २–० ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा भ्यालेन्सिया विजयी भएको छ। अवे मैदानमा भएको खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–० ले हराउँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा झारेको छ ।

भ्यालेन्सियाका लागि ६७ औं मिनेटमा कोन्डोग्बिया र ८३ औं मिनेटमा मिना लोरेन्जोले गोल गरे ।
जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ । भ्यालेन्सिया शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ भने तेस्रो स्थानको साबिक विजेता रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार लिग लिडर बार्सिलोनासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *