बार्सा नेपालद्वारा ५ औं आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न

स्थापना पछिको हरेक बर्ष बार्सा नेपालद्वारा आयोजना गरिने आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २ गते फिल्ड फुटसल सानेपामा आयोजना गरिएको उक्त कार्यक्रममा बार्सा नेपाल भित्रका १५ टिमहरु बिच प्रतिस्पर्धा भएको थियो । ‘गिभ रेस्पेक्ट टेक रेस्पेक्ट’ मूल नाराका साथमा सञ्चालन गरिएको कार्यक्रम नियाल्नको लागी लगभग २५० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

चितवन, पुर्वाञ्चल र काभ्रेबाट आएका टिमलाई समावेस गरिएको १५ टिमहरुलाई चार समुहमा बिभाजन गरी लिग कम नक आउट आधारमा खेलाइएको प्रतियोगितामा समुह बिजेता र उप बिजेताले क्वाटर फाइनलको खेलहरुमा प्रतिस्पर्धा गरेका थिए । उत्कृष्टबाट पनि उत्कृष्ट छानियका टिमहरुको खेलले मैदान ततायको थियो । रातो र निलो जर्सिमा सजियार आयका बार्सा समर्थकले आफ्नो आफ्नो मानपर्ने टिमलाई हौसला दिलाईरहेको भयतापनी एकै स्वोर म सुनिने “टुगेदर उइ आर स्टोङर” ले बार्सा नेपाल भित्र भयको एकतालाई दर्साउन कुनै कसर छाडेको थिएन ।

समाबेस महिला टिमहरुद्वारा रस्तुत भयको उत्कृस्ट प्रदर्शनले कार्यक्रमको रौनक बढौन साथसाथै बार्सा नेपालको महिला फुट्बल बिकासको धारणाले सही दिशा लिरहेकोमा बिस्वस्थ हुन सकिन्थ्यो ।

लगभाग ९ घन्टा सम्म चलेको खेलको उपाधिको बाजी टिम भाल्डेजले मार्दा टिम टितो दोस्रो स्थानमा समेटियको थियो । उत्कृष्ट खेलाडीको उपाधि दिवस राईले पाएका थिए भने सबै भन्दा कम गोल खाएका गोलकिपर अनिल भुजेल उत्कृष्ट गोलकिपर भएका थिए । सबै भन्दा बढी गोल गर्ने अचल खत्री बने । उक्त कार्यक्रममा गाइका सुबानी मोक्तान र पूर्व नेपाली राष्ट्रिय टिमका गोलकिपर उपेन्द्रमान सिंह लगायत बिसिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

द जर्सी पसल्, न्युरोड्को मुख्य प्रायोजनमा सन्चालन गरियको कार्यक्रमको सहा प्रायोजकको भूमिका नेप टेक ट्रेड कन्सर्न , पुतलिसडक वाटरमार्क टुर्स ट्राभल र एम्पायार रेस्टुरेन्ट एन्ड लन्जले निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *