पोखरामा बार्सा नेपालको रक्तदान कार्यक्रम सम्पन्न

“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, समाज सुधारमा युवा अभियान ” भन्ने मुल नाराका साथ विभिन्न सामाजिक कार्य गर्दै आएको स्पेनिस महारथि फुटबल कल्ब बार्सिलोनाका समर्थकहरूले शनिवार पोखरामा रक्तदान कार्यक्रम गरेका छन्।

पश्चिमान्चल क्षेत्रिय अस्पतालमा रहेको रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग रहेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए।विदुर सापकोटाको अध्यक्षतामा रहेको कार्यक्रममा शिव बरालको प्रमुख आतिथ्तता रहेको थियो।जिबन सुवेदिको संचालनमा भएको कार्यक्रममा अशोक बरालले स्वागत मन्तव्य दिएका थिए भने आशिष लामिछानेले कल्वको परिचय दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *