झापा ११ लाई ३-० ले पराजीत गर्दै आर्मी फाईनलमा

सबिन शेर्मा / खेलकुद नेपाल

झापामा जारी दोस्रो सताक्षी गोल्डकपको फाईनलमा बिभागिय टिम त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ।

झापाको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज (सोमबार) भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले झापा ११ लाई ३-० गोल अन्तरले पराजीत गरेको हो। आर्मीको जितमा खेलको १२ औ मिनटमा सन्तोस तामाङ्गको फ्रिकिक मार्फत नवयुग श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ३६ औ मिनटमा नवयुग श्रेष्ठले व्यत्तिगत दोस्रो तथा कल्वका लागी पनि दोस्रो गोल गरेका थिए ७८ औ मिनटमा आर्मीका लागी दिप लामाले तेस्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मी कल्वका नवयुग श्रेष्ठ भए उनले नगद रू १० हजार प्राप्त गरे। प्रत्योगितामा भोलिको दोस्रो सेमिफाईनलमा आयोजक सतासिधाम स्पोटिङ्ग कल्वले मनाङ्ग मस्याङ्गरी कल्व संग प्रतिष्पर्धा गर्ने छ। ७ गते सम्म चल्ने प्रत्योगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *