यू-१९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानलाई

यू-१९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ। आइतबार भएको फाइनलमा अफगानिस्तानद्वारा पाकिस्तान १८५ रनले पराजित गरेको हो।

मलेसियामा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो।

२ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२ ओभर १ बलमा ६३ रन बनाएर अलआउट भएपछि अफगानिस्तानले सहज जित हात पारेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *