आर्मीले एपिएफलाई ३-२ ले हराउदै सेमिफाइनलमा

सबिन सेर्मा :

झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आज भएको क्वाटरफाइनल खेलमा सेनाको त्रिभुवन आर्मी कल्व विजयी भएको छ। आर्मीले अर्को बिभागिय टोलि शशत्र प्रहरी बलको एपिएफ कल्व लाई ३-२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मीले सेमिफाइनलमा रमपम झापा ११ को सामना गर्नेछ। 

खेलमा अग्रता भने एपिएफ कल्वले खेलको २५ औ मिनेटमा अन्जन बिष्टले पेनाल्टी मार्फत गोल गरेका थिए। अन्जनलाई आर्मीका बिमल पाण्डेले डिबक्स एरीयामा फल गरेपछि रेफ्री नबिन्द्र महर्जनले पेनाल्टी दिएका थिए। खेलको ३२ औ मिनेटमा जर्ज प्रिन्स कार्कीले फ्रिकिक मार्फत आर्मीका लागी बराबरी गोल फर्काए।

३९ औ मिनेटमा श्याम नेपालिले नबिन लामाको क्रसमा गोल गर्दै खेल २-१ मा पुर्याए पहिलो हाफमा २-१ ले पछि परेको आर्मीले दोस्रो हाफमा २ गोल गरेका थिए। खेको ५५ औ मिनेटमा बिबेक बस्नेतको कर्नर प्रहारमा सुमन अर्यालले हेड गोल गर्दै खेलमा फर्काएका थिए। खेलको निर्णायक गोल दिप लामाले ६७ औ मिनेटमा जर्ज प्रिन्स कार्किको पासमा गोल गर्दै आर्मिलाई जितको नजिक पुर्याएका थिए।

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मी कल्वका जर्ज प्रिन्स कार्की भए। उनले नगद रू १० हजार प्राप्त गरे गत मंसिर २८ गते बाट सुरू भएको प्रत्योगिताको फाईनल खेल आउने ७ गते हुनेछ प्रत्योगिताको विजेताले रू ५ लाख र उपविजेताले रू २ लाख ५० हजार पाउनेछ।

प्रत्योगितामा भोलिको खेल रूपन्देही ११ बिरूद्ध मनाङ्ग मस्याङ्गरी कल्व काठमाण्डौ बिच हुनेछ।

Leave a Reply

Your email address will not be published.