यू-१९ एसिया कप क्रिकेट : अफगानिस्तानद्वारा नेपाल ७ विकेटले पराजित

यू-१९ एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा अफगानिस्तानद्वारा नेपाल ७ विकेटले पराजित भएकाे छ।

मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो।

अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो। अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए। इब्राहिम जदरान ३ रनमा आउट भए। कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए। आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए। मुजिब उर रहमानकै दोस्रो ओभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह आउट भए। २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पौडेललाई मुजिब उर रहमानले नै आउट गरे। अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए।

भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए। १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए। किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए। १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए। साहब आलमले १५ बलमा ७ रन बनाए।

यू-१९ एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल आइतबार हुनेछ।

Leave a Reply

Your email address will not be published.