माछापुच्छ्रे क्रिकेट क्लबको १२ सदस्यीय टोली दुवईतर्फ

पोखराको माछापुच्छ्रे क्रिकेट क्लबको १२ सदस्यीय टोली शुक्रबार संयुक्त अरब इमिरेट्स (युइए) को दुवईतर्फ लागेको छ । राजधानीमा आयोजित पत्रकार विदाई कार्यक्रममा दुईवटा अभ्यास खेलका लागि टोली दुवईतर्फ लागेको जानकारी दिइयो हो ।

आइसीसी क्रिकेट मैदानमा माछापुच्छ्रेले पहिलो खेल शनिबार दार्जिलिङ क्रिकेट क्लबसँग खेल्नेछ । क्लबले आइतबार याक्टा क्रिकेट एकेडेमीसँग इडेन गार्डेन क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल २० ओभरको हुनेछ ।

भविष्यमा टोलीले नेदरल्यान्ड्सको भ्रमण पनि गर्न लागेको सोही अवसरमा जानकारी गराइयो । टिमलाई दुवई जानको लागि टिप टपले जर्सी प्रायोजन गरेको र क्वेष्ट ट्राभल्सले यातायात खर्च बेहोरेको जानकारी दियो ।

दुवई जाने माछापुच्छ्रे क्रिकेट क्लबका खेलाडी

१.दिपेश खत्री (कप्तान)
२.रविन जोशी (उप कप्तान)
३.सुनिल गंगर
४.सुमन चौलागाईं
५.सुमन उदय
६.कविन सापकोटा
७.प्रकाश चन्द ठकुरी
८.प्रितम दुवाल श्रेष्ठ
९.आदित्य मल्ल
१०.नवीन कार्की
११.किरण बुढाथोकी
१२. विनायक विक्रम थापा (व्यवस्थापक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *