नेपाली महिला टोलीले जित्यो ह्विलचियर बास्केटबलको उपाधि

नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय ह्विलचियर बास्केटबलको उपाधि हात परेको छ । बंगलादेशलाई ३२–१६ स्कोरले पराजित गर्दै नेपाली महिला टोलीले उपाधि जितेको हो।

तीन खेलको शृंंखलामा नेपालले २–० को अग्रता बनाउँदै एक खेलअगावै उपाधि निश्चित गरेको हो । पहिलो खेलमा नेपालले बंगलादेशलाई २७–१६ स्कोरले हरायो ।

पुरुषमा भारत फाइनल पुगेको छ । तीन राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा भारतले बंगलादेशलाई ५७–३२ ले हरायो । फाइनलमा भारतको भेट आयोजक नेपालसँग हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *