पाकिस्तान र बंगलादेश एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा भिड्दै

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आज (बिहिबार) देखि सेमिफाइनल खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बिहिबार) पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो ।

समूह ‘बी’ को उपविजेता नेपालले आउँदो शुक्रबार हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ ।

समूह चरणमा बंगलादेशसँग ८ विकेटले हारेको नेपालले भारतलाई १९ रनले र मलेसियालाई ८ विकेटले हराउँदै पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा आफ्नो यात्रा तय गरेको हो ।

उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *