न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनौट

रुसमा हुने विश्वकप फुटबलका लागि पेरु छनौट भएको छ । आज (बिहीबार) बिहान भएको प्ले–अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० गोलले हराउँदै पेरुले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । यसअघि पेरुले सन् १९८२ मा विश्वकप खेलेको थियो ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराएको पेरु समग्रमा २–० को जितसहित विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

पेरुको जितमा फारफान र क्रिष्टियन रामोसले गोल गरे । २७ औं मिनेटमा फारफानको गोलबाट पेरुले अग्रता लिएको थियो । ६५ औं मिनेटमा क्रिष्टियनले अग्रता दोब्बर पारे र पेरु २–० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *