एसिया कप छनौटको नेपाली टोलीको घोषणा

एसिया कप फुटबलको छनौट अन्तर्गत आज (मंगलबार) फिलिपिन्ससँग हुने खेलको लागि अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

चार खेलबाट फिलिफिन्सले ८ अंक बटुलेको छ भने नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्सको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथ, विशाल श्रेष्ठ

रक्षक: विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की,राजेन्द्र रावल, दीनेश राजवंशी

मिडफिल्डर: सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा मगर,सुनिल बल

फरवार्ड: भरत खवास, विमल घर्तीमगर,अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की

Leave a Reply

Your email address will not be published.