पोर्चुगलद्वारा साउदी अरेबिया ३–० ले पराजित

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलद्वारा साउदी अरेबिया पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा पोर्चुगलद्वारा साउदी अरेबिया ३–० ले पराजित भएको हो।

प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई अन्तर्राष्ट्रिय ब्रेकको क्रममा आराम दिएका छन्। पोर्चुगलको जितमा म्यानुएल फर्नान्डेस, गोन्कालो गुएडेस र जोएओ मारिओले गोल गरे।

पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकपका लागि छनौट भइसकेको छ।

पोर्चुगलले आउँदो शनिबार अमेरिकासँग मैत्रिपूर्ण खेल खेल्नेछ।

राति नै भएका अरु खेलमा जर्जियाले साइप्रसलाई १–० तथा युक्रेनद्वारा स्लोभाकिया २–१ ले पराजित भएको छ। बेल्जियम र मेक्सिकोले ३–३ तथा पोल्याण्ड र उरुग्वेले गोलरहित बराबरी खेले।

Leave a Reply

Your email address will not be published.