क्रिष्टियानो रोनाल्डोको स्थानमा नेइमार

स्पेनिस क्लब रियल मड्रिडले भविष्यका लागि राम्रो हुने भन्दै रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा नेइमार चाहेको खबर सार्वजनिक भएको छ।

भविष्यमा रोनाल्डोको स्थानमा रहने सक्ने गरी नेइमारका बुवा र रियल मड्रिडका अध्यक्षबीच कुराकानी भएको खबरमा उल्लेख छ। खेलकुदसम्बन्धी स्पेनिस पत्रिका मुन्दो देपोर्टिभोका अनुसार रियल मड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले केही दिनअघि स्पेननै फर्किएर खेल्न सक्ने सम्भावनाबारे नेइमारसँग कुरा गरेका थिए।

पेरेजले अहिलेकै लागि मात्र नहेरेर भविष्यसम्मका लागि नेइमार ल्याउन सके राम्रो हुने बताएका छन्। रोनाल्डोको रियल मड्रिडमा २०२१ सम्मका लागि मात्र सम्झौता छ।

त्यसपछिका दिनमा नेइमार रोनाल्डोको विकल्प हुन सक्ने रियल मड्रिडको योजना छ। नेइमार अहिले विश्वकै महंगा खेलाडी हुन्। उनी स्पेनिस क्लब बार्सिलोनबाट अहिलेसम्मकै धेरै रकम २२ करोड २० लाख युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका हुन्।

पिएसजीले नेइमारसँग ५ वर्षको सम्झौता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *