रियल मड्रिडसंग लास पालमस ३–० ले पराजित

ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराएर प्रभावशाली जित दर्ता गरेको छ ।

Casemiro gave Real Madrid the lead as he ghosted to the back post to convert a corner with a close range header 

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे । ४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए ।

Marco Asensio celebrates scoring Madrid's second goal to take all three points against Las Palmas on Sunday evening 

दोस्रो हाफको ५६ औं मिनेटमा मार्को एसेन्सिओले ३० यार्डबाट प्रहार गरेको रकेट सटमार्फा भएको गोल ला लिगामा यो सिजनमा अहिलेसम्मकै उत्कृष्ट गोल रहेको विश्लेषण गरिएको छ । त्यस्तै, ७४ औं मिनेटमा इस्कोको गोल गरे ।

Midfielder Isco celebrates scoring Real Madrid's third goal after he taps home a wonderful cross from Ronaldo 

जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको भ्यालेन्सिया भन्दा चार अंकले पछि छ ।

Ronaldo failed to get on the Madrid score sheet but was instrumental in their comfortable win on Sunday evening 

राति नै भएका अरु खेलमा जिरोनाले लेभान्टेलाई २–१ तथा सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले एइबरलाई समान ३–१ ले हराए । यस्तै भिल्लारियलले मालागालाई २–० ले हरायो ।

Leave a Reply

Your email address will not be published.