यू-१९ एसिया कप फुटबल छनौट : युएईद्वारा नेपाल १–० ले पराजित

यू-१९ एसिया कप फुटबलको छनौट अन्तर्गत आज शनिबार युएईद्वारा नेपाल १–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनाैट सम्भावना सकिएको छ।

खेलको ७२ औँ मिनेटमा युएईका खल्फान हसनले गोल गरेको थियो। त्यही १ गोल नै निर्णायक भयो। नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन। नेपालका अभिषेक रिजालले हानेको पेनाल्टी युएईका किपरले बचाइदिए।

नेपालले अब आउदो २२ गते ओमनसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *