यू-१९ एसिया कप फुटबल छनौट : नेपाल आज युएईसँग भिड्ने

यू-१९ एसिया कप फुटबलको छनौट अन्तर्गत आज शनिबार नेपालले युएईसँग खेल्ने छ। खेल नेपाली समय अनुसार बेलुका ४:४५ मा सुरु हुनेछ।

युएईसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ। यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ४–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने यू-१९ एसिया कपमा छनौट हुने छन्। नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन्।

नेपालले आउदो २२ गते ओमनसँग भिड्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *