मेस्सीले मुद्दा जिते, मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर संस्थालाई सहयोग

स्पेनिस क्लब बार्सिलोना र अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले मानहानी भएको मुद्दा जितेका छन्।

उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन्।

सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो।

एकहोरो उनीमाथि पत्रिकाले आरोप लगाउन थालेपछि कानुनी कारबाहीस्वरुप मानहानीको मुद्दा दर्ता गराएका थिए। स्पेनको अदालतले उनको मुद्दामाथि कारबाही गर्दै मानहानी भएको ठहर गरेपछि पत्रिकालाई क्षतिपूर्तीस्वरुप ८१ हजार डलर जरिवाना तिराएको हो।

ला राजोनमा उनीविरुद्धका सामग्री प्रकाशित भएपछि उनले कानूनी कारबाहीका लागि मानहानीको मुद्दा दर्ता गराएका थिए। अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी मानेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *