नेपाल १० खेलाडीमा सिमित, बहराईनद्वारा नेपाल ४-० ले पराजित

यू-१९ एसिया कप छनौट फुटबलमा बिहीबार बहराईनद्वारा नेपाल ४-० ले पराजित भएको छ।

खेलको २०औँ मिनेटमा बहराइनलाई अली हसन मेफताहले बहराइनका लागि पहिलो गोल गरेका थिए। ६७औँ मिनेटमा अलीले नै गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे। यस्तै ८६औँ मिनेटमा बहराइनका लागि इब्राहिम मुबारकले तेस्रो गोल गरे। इन्जुरी टाइममा मोहम्मद हुसेनले बहराइनको चौथो गोल गरे।

खेलको अन्त्यतिर दिनेश हेन्जनले रातो कार्ड पाएपछि नेपालले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो।

समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आउँदो शनिबार युएईसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *