लिभरपुल र म्यानचेस्टर सिटीको शानदार जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले एनके मारिबोरलाई ३–० ले हराएर शानदार जित दर्ता गरेको छ ।

Liverpool midfielder Emre Can finds the back of the net by putting the finishing touch on a sweeping move by the home side

समूह ‘ई’ अन्तर्गत भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सालह, एम्र क्यान र ड्यानियल स्टुरेजले गोल गरे । लिभरपुलका लागि ४९ औं मिनेटमा सालह, ६४ औं मिनेटमा क्यान र ९० औं मिनेटमा स्टुरेजले गोल गरे ।

The England striker celebrates netting his first Champions League goal in seven years and first ever for Liverpool

यहि समूहको अर्को खेलमा सेभिल्लाले स्पार्टक मस्कोलाई २–१ ले हरायो । लिभरपुलको ८ तथा सेभिल्लाको सात अंक भएको छ । यस्तै समूह ‘जी’ अन्तर्गत भएको खेलमा बेसिक्टास र मोनाकोले १–१ को बराबरी खेले । एफसी पोर्टोले आरबी लेइप्जिगलाई ३–१ ले हरायो ।

Mohamed Salah settled a few nerves among the home supporters after finally putting Liverpool ahead in the game

त्यस्तै समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई ४–२ ले हराएको हो । सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । नापोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल गरे ।

The City players celebrate after the full-time whistle confirms their progression into the Champions League knock-out stage

खेलको २१ औं मिनेटमा इनसिग्नेको गोलबाट नापोलीले सुरुवाति अग्रता लिएको थियो । ३४ औं मिनेटमा ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए । ४८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, ६२ औं मिनेटमा फिल्होले पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरे । त्यसको एक मिनेटपछि नै अग्युरोले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि पेप गार्डिवलाको टिम सिटी ४–२ विजयी भयो ।

John Stones roars with delight after thumping a header in off the underside of the bar to put City in front in Napoli

यो खेलमा गोल गरेका अग्युरोले म्यानचेस्टर सिटीका लागि २६४ खेलमा १७८ गोल गर्दै सर्वकालिन सर्वाधिक गोलकर्ता भएका छन् ।

Sergio Aguero became Manchester City's all-time record goal scorer when he hit the winning goal in the victory over Napoli

यहि समूहको खेलमा शाख्तर डोनेस्कले फेयीनूर्डलाई ३–१ ले हरायो । समूह चरणका अहिलेसम्म भएका सबै चार खेल जितेको म्यानचेस्टर सिटीको १२ अंक भएको छ । ९ अंकसहित शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।

City wanted a penalty when Sterling was brought down in the box but referee Felix Brych was not interested

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *