यू-१९ एसिया कप फुटबलको छनौट : नेपाल आज बहराइनसँग भिड्ने

यू-१९ एसिया कप फुटबलको छनौटमा नेपाल आज बिहीबार बहराइनसँग खेल्ने छ। खेल नेपाली समय अनुसार बेलुका ४:४५ मा हुनेछ।

बहराइनसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ। पहिलो खेलमा हारेका लागि समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्नका लागि यो खेल महत्वपूर्ण छ। यसअघि मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने यू-१९ एसिया कपमा छनौट हुने छन्। नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन्। अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन्।

नेपालले कार्तिक १८ गते युएई र २२ गते ओमनसँग खेल खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *