टोटनह्यामसंग रियल मड्रिड ३–१ ले पराजय

च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंंग्लिस क्लब टोटनह्यामले साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति घरेलु मैदामा समूह ‘एच’ अन्तर्गतको खेलमा टोटनह्यामले रियल मड्रिडलाई ३–१ ले हराएको हो ।

Alli celebrated his goal in front of some glum-looking away supporters as Mauricio Pochettino's side took the lead

टोटनह्यामको जितमा डेल अलीले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए ।

Dele Alli's second goal of the game after half-time looked to be crucial as the home fans went bezerk at Wembley Stadium

खेलको २७ औं मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । अलीले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । त्यसको ९ मिनेटपछि एरिक्सनले गोल गरेपछि रियल मड्रिड ३–० ले पछि पर्‍यो ।

The Tottenham midfielder showed his desire to get on the end of the cross and get across Nacho in the six yard box

रियल मड्रिडका लागि ८० औं मिनेटमा रोनाल्डोले एक गोल फर्काए ।

Real Madrid looked stunned after Spurs outplayed and out-fought the holders on a famous night at Wembley

जितपछि टोटनह्यामको १० अंक भएको छ भने दोस्रो स्थानको रियल मड्रिडको ७ अंक छ ।

Cristiano Ronaldo attempts to bamboozle Kieran Trippier with some step-overs early on in the contest at Wembley

समूह ‘एच’ कै खेलमा बोरुसिया डर्टमुण्डले एमोइल निकोशियासँग १–१ को बराबरी खेल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *