म्यानचेस्टर युनाइटेडसंग बेन्फिका २–० ले पराजित, चेल्सीको हार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति समूह ‘ए’ मा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको छ ।

युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे । स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औं मिनेटमा ब्लिण्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

चार खेलमा जितेको युनाइटेड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह ‘ए’ अन्तर्गतकै खेलमा सिएसकेए मस्कोले एफसी बासेललाई २–१ ले हरायो । पराजित भएपनि बासेल दोस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको बासेलको ६ अंक छ ।

त्यस्तै समूह ‘सी’ मा रहेको इंग्लिस क्लब चेल्सी इटालियन क्लब रोमासँग पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा रोमाले चेल्सीलाई ३–० ले हराएको हो ।

रोमाको जितमा स्टेफान एल शारावेले पहिलो मिनेटमा र ३६ औं मिनेटमा दुई गोल तथा पेरोटीले ६३ औं मिनेटमा एक गोल गरे ।

जितपछि रोमा ८ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सी सात अंकसहित दोस्रो स्थानमा छ ।

यहि समूहको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले अजरबैजानको क्लब एफके क्वाराब्यागसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । क्वाराब्यागका लागि ४० औं मिनेटमा मार्कोस मादेराले गोल गरेका थिए । एथ्लेटिकोका लागि ५६ औं मिनेटमा पार्टीले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *