बर्नलीसंग न्युक्यासल १–० ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडलाई १–० ले हराएको छ ।

बर्नलीका लागि ७४ औं मिनेटमा जेफ हेन्ड्रिकले निर्णायक गोल गरे । जितपछि सातौं स्थानको बर्नलीको १० खेलबाट १६ अंक भएको छ । १० खेलबाट १४ अंकसहित न्युक्यासल नवौं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published.