किर्गिस्तानद्वारा नेपाल २-० ले पराजित

यू-१९ एसिया कप फुटबलको छनौटमा किर्गिस्तानद्वारा नेपाल २-० ले पराजित भएको छ।

खेलको २१ औँ मिनेटमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २-० ले पराजित भएको हो।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने यू-१९ एसिया कपमा छनौट हुने छन्। अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन्।
नेपालले आउने १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमन सँग खेल खेल्ने छ।

Leave a Reply

Your email address will not be published.