महिला टी-२० क्रिकेट विश्वकपको एशियाली छनौट : २२ जना खेलाडी छनौट

महिला टी-२० विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि  ३ दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेछ टिमका प्रशिषक सामसोन जङ थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम सम्मिलिट टोलीले २२ खेलाडी छानेको हो। छनौट भएका खेलाडीमा सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा करुणा भण्डारी र सोनु खड्का छन्।
त्यस्तै शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी लक्ष्मी चौधरी, रितु कनौजिया, संगिता राई, काजोल श्रेष्ठ, रेखा रावल र शबनम राई रहेका छन्।
अब २२ बाट अन्तिम १४ खेलाडीको सूची सार्वजनिक गरिनेछ। थाइल्याण्डमा हुने प्रतियोगिता अघि नेपालले एक साताभन्दा बढी बंगलादेश टुर गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *