पोखरामा एक अर्ब रुपैयाँ लागतको रंगशाला निर्माण हुने

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माण गर्नका लागि ग्लोबल टेण्डरको आह्वान गरेको छ। एक अर्ब रुपैयाँको लागतमा १० महिनाभित्रै काम सक्ने गरी टेण्डर आह्वान गरिएको हो।

रंगशालामा २० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ। रंगशालामा आधुनिक फ्लड लाइटसहित स्कोर वोर्ड, डिस्प्ले वोर्डसमेत राखिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। उनका अनुसार मंसिर २ गतेसम्म टेण्डर खरिदका लागि अन्तिम समय दिइएको छ।
हालको प्यारापिटमा १८ सय र भिआइपी प्यारापिटमा ५ सय दर्शक बस्ने क्षमता छ। पोखरामा फुटबलका राष्ट्रियस्तरका प्रतियोगिता हुँदा प्यारापिटमा नअटेपछि दर्शक भुइँमा बसेर फुटबल हेर्न बाध्य छन्।
रंगशाला प्रवेशको लागि दर्शकहरुको लागि चार स्थानमा प्रवेश द्वार र खेलाडी तथा भिआइपीहरुको लागि छुट्टै द्वार रहने छ। फुटबल रंगशालाको ठिक बाहिर पार्किङको सुविधा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *