चौथो माउण्ट स्टार फुटबलको तयारी पुरा

माउण्ट स्टार युथ क्लब बुटवल रुपन्देहीको आयोजनामा हुने चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। प्रतियोगिता कार्तिक १० देखि कार्तिक २५ सम्म हुनेछ। खेल दिउसो २ बजे हुनेछ।

उक्त प्रतियोगितामा कुल १६ टोलिले भाग जनाउनेछन्। जसमध्ये काठमाडौँका २ क्लब, हेटौडा, नारायणघाट, नवलपरासी, कपिलबस्तु र रुपन्देहीका उत्कृस्ट क्लबहरु बीच भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: रु २,०५,००० र रु. १,०१,००० प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनलमा पराजय हुने दुवै टिमले रु. २५,००० पाउनेछ।

खेलको म्यान अफ द म्याचले रु २,५००/- , बेस्ट प्लेयरले रु. ११०००/-, हाई स्कोररले रु. ११,०००/- , उत्कृष्ट गोलकिपरले रु. ५०००/-, उत्कृष्ट टिमले रु. ५०००/-, उत्कृष्ट डिफेन्सले रु. ५०००/- पाउनेछ।

 

Leave a Reply

Your email address will not be published.