फिबा यू-१६ वुमन्स एसियन बास्केटबलमा श्रीलंकाद्वारा नेपाल ६८-४८ ले पराजित

भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप – २०१७ अन्तर्गत मंगलबार भएको डिभिजन टू अन्तर्गत ग्रुप ‘ए’ को अन्तिम खेलमा श्रीलंकाद्वारा नेपाल ६८-४८ ले पराजित भएको हो।

श्रीलंका विरुद्ध शुरुको दुई क्वाटर २०-४ र २०-१३ ले गुमाएको नेपालले तेस्रो सेटमा पुनारागमन गर्दै १८-१२ ले आफ्नो पक्षमा पारेको थियो। तर चौथो सेटमा १६-१३ ले पछि परेपछि नेपाल ६८-४८ ले पारजित भएको हो।

फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा नेपाली टोलीले प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *