फिबा यू-१६ वुमन्स एसियन बास्केटबलमा नेपाल भारतद्वारा पराजित

फिबा यू-१६ वुमन्स एसियन बास्केटबलमा नेपाली यू-१६ महिला टोली भारत यू-१६ महिला टिमद्वारा पराजित भएको छ।

भारतको बेंगलोरुमा आइतबार शुरु भएको फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप-२०१७ बास्केटबल प्रतियोगितामा नेपाल आयोजक भारतसँग १०६-३७ ले पराजित भयो।

नेपालसँगै माल्दिभ्सले पनि पहिलो पटक फिबाको प्रतियोगिता सहभागिता जनाएको छ। पहिलो खेलमा माल्दिभ्स मलेसियासँग १३०-१४ ले पराजित भयो।

नेपालले भोली दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *