कोहलीको ३१औँ वान डे शतक, कोहली अब मात्र सचिन तेन्दुलकर भन्दा पछाडि

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो करियरको ३१औँ वान डे शतक प्रहार गरेका छन्।

कोहलीले १११ बल खेल्दै शतक पूरा गरेका हुन्। उनले १२५ बल खेल्दै १२५ रनको योगदान गरे। कोहलीले २ सयौँ खेलमा ३१ वान डे शतक बनाएका हुन्।

एक दिवशीय खेलमा सबैधन्दा धेरै शतक प्रहार गर्नेमा कोहली दोस्रो नम्बरमा समेत उक्लिएका छन्।

अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोण्टिङको ३० शतकको रेकर्डलाई पछि पार्दै कोही दोस्रो नम्बरमा उक्लिएका हुन्। कोहली अब मात्र सचिन तेन्दुलकर भन्दा पछाडि छन्। तेन्दुलकरको एकदिवशीयमा ४९ शतकको कीर्तिमान छ।

मुम्बईस्थित वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २८० रन बनाएको छ।

Leave a Reply

Your email address will not be published.