बोरुसिया डर्टमुण्ड र एपोइल निकोसिया बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबलको समूह ‘एच’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन बुण्डेस लिगा लिडर बोरुसिया डर्टमुण्ड साइप्रसको क्लब एपोइल निकोसियासँग बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएपछि बोरुसिया डर्टमुण्ड समूह चरणबाटै बाहिरिने पक्का भएको हो ।

बोरुसियाले निकोसियासँग १–१ को बराबरी खेलेको हो । खेलमा ६२ औं मिनेटमा पोटेको गोलबाट घरेलु टोली निकोसियाले अग्रता लियो । त्यसको पाँच मिनेटपछि पापास्टाथोपोउलोसले गोल गर्दै डर्टमुण्डलाई बराबरी गराए ।

यो बराबरीपछि सन् २०१३ को उपविजेता बोरुसिया डर्टमुण्ड यसपटक समूह चरणबाटै बाहिरिने पक्का भएको हो । डर्टमुण्डले अब समूह चरणको खेलमा आउँदो नोभेम्बरमा निकोसिया र टोटनह्याम तथा डिसेम्बरमा रियल मड्रिडसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *