युरोपियन प्लेअफ ड्र सार्वजनिक

विश्वकप फुटबलमा युरोपबाट छनोट हुनका लागि युरोपियन प्लेअफ ड्र सार्वजनिक भएको छ। यसअघि युरोपबाट आयोजक रसियासहित १० राष्ट्र विश्वकपका लागि छनोट भइसकेका छन्।

विश्वकप छनोट हुनका लागि दुई लेगमा हुने युरोपियन प्लेअफका खेलहरु नोभेम्वर ९, ११, १२ र १४ मा होम एण्ड अवेका आधारमा हुनेछ।

अहिलेसम्म विश्वकपका लागि २३ राष्ट्र छनोट भइसकेका छन्। यस्तै अन्तरमहादेशिय प्लेअफ अन्तर्गत पेरु र न्यूजिल्याण्ड तथा होण्डुरोस र अष्ट्रेलियाबीच दुई लेगको खेल हुनेछ।

यी ६ प्लेअफ खेलबाहेक अफ्रिकन छनोटबाट ३ राष्ट्र छनोट हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published.