टोट्टी – क्रिष्टियानो रोनाल्डोले जित्छन् बेस्ट फिफा अवार्ड

पूर्व फुटबलर फ्रान्सेस्को टोट्टीले यो वर्षको फिफा वर्ष खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन्।

टोट्टीका अनुसार रियल मड्रिड स्टार रोनाल्डोका लागि यो वर्ष पनि निकै उत्साहपूर्ण रहने बताएका हुन्। रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र पेरिस सेन्ट–जर्मेन पिएसजीका नेइमारलाई पछि पार्दै बेस्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड पाउने टोट्टीले बताएका हुन्।

Image result for ronaldo messi neymar wallpaper
रोनाल्डो यो अवार्डका लागि योग्य रहेको उनको भनाई छ। रोनाल्डो, मेस्सी र नेइमार तीनैजना फुटबलका उत्कृष्ट खेलाडी रहेको तर पछिल्लो १२ महिनाको प्रदर्शनमा रोनाल्डो अघि रहेको उनको भनाई छ। पोर्चुगललाई युरोकप तथा रियल मड्रिडलाई ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Image result for ronaldo

उनले गएको वर्ष पनि अवार्ड जितेका थिए।

Leave a Reply

Your email address will not be published.