आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : अन्तिम चरणका खेलतालिका सार्वजनिक

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं तथा अन्तिम चरणका खेलतालिका सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको नयाँ खेलतालिकामा नेपालले युएईसँग डिसेम्बर ६ र ८ मा दुई खेल खेल्नेछ।

प्रतियोगिताका यी दुई खेल नेपाल र युएई दुवैका लागि प्रतिष्ठाका लागि मात्र रहनेछ। प्रतियोगिताको शीर्ष चारमा रहेर डिभिजन वानमै रहने सम्भावना युएई र नेपाल दुवैका लागि सकिसकेको छ।

दुवै टोलीले फेब्रुअरीमा हुने डिभिजन टू मा पनि खेल्नेछन्।

प्रतियोगितामा स्कटल्याण्ड, केन्या र हङकङमध्ये दुई टोलीले शीर्ष चारमा स्थान बनाउनेछन् भने एक टोली डिभिजन टूमा घटुवा हुनेछन्।

Leave a Reply

Your email address will not be published.