किर्गिस्तानद्वारा नेपाल ५–० ले पराजित, नेपाल छनौटबाट बाहिरियो

एएफसी फुटसल छनौटबाट नेपाल बाहिरिएको छ। सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५–० ले पराजित भएपछि नेपाल छनौटबाटै बाहिरिएको हो।

किर्गिस्तानका लागि तास्तानोभ अक्तईले दुई तथा अलिमोभ मास्कात उलु उलाबेक र कप्तान कानेतोभ एमिलले १-१ गोल गरे।

नेपाल आइतबार उज्वेकिस्तानसँग १४-२ ले पराजित भएको थियो। नेपालले मंगलबार छनौट चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *