म्यानचेस्टर सिटीद्वारा स्टोक सिटी ७–२ ले पराजित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ। प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई ७–२ ले हराएको हो।

म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई तथा रहिम स्ट्रर्लिङ, डेविड सिल्भा, फर्नानडिन्हो, लिरोय साने र बर्नार्डो सिल्भाले एक–एक गोल गरे।

स्टोक सिटीका लागि मेम मिरम डिउफले एक गोल गरे। म्यानचेस्टर सिटीका केली वालकरले आत्मघाती गोल गरे। म्यानचेस्टर सिटीले प्रिमियर लिगका ८ खेलमा २९ गोल गरिसकेको छ।


जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक भएको छ। जितपछि प्रशिक्षक पेप गार्डिवलाले आफू क्लब आएपछिको सबैभन्दा उत्कृष्ट जित रहेको बताएका छन्। उनले आफू निकै खुशी रहेको बताए।


यो खेलमा केभिन डि ब्राउनले उत्कृष्ट प्रदर्शन गरे। उनले चार गोलका लागि सहयोग गरे । उनले सन् २०१५ देखि अहिलेसम्म प्रिमियर लिगमा ३२ गोलका लागि सहयोग गरेका छन्। जुन अरु कुनै खेलाडी भन्दा बढी हो।

Leave a Reply

Your email address will not be published.