उज्वेकिस्तानद्वारा नेपाल १४-१ ले पराजित

इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायरमा उज्वेकिस्तानद्वारा नेपाल १४-१ ले पराजित भएको छ।

इरानको तावरिजमा भएको साउथ एण्ड सेन्ट्रल जोनको समूह ‘ए’ को खेलमा नेपालका लागि कप्तान सुरज कुमार राउतले एक मात्र गोल गरे। उज्वेकिस्तानको जितमा दिलसोभ रहमातोभले ह्याट्रिक गरे भने डाभ्रोन चोरिच, अर्तुर युनुसोभ र दिलमुरोद साभकातोभले २-२ गोल गरे। यस्तै फरहोद अबदुमाभलोनोभ, दाभरोन अबदुराखमानोभ र अनासकोन राखमातोभले १-१ गोल गरे। नेपालका सौरभ मगरले एक आत्मधाती गोल गरे।

क्वालिफायरको दोस्रो खेलमा सोमबार नेपाल कीर्गिस्तानसँग भिड्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *